अल्का अस्पतालको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं | पुस १८, २०७९

अल्का अस्पतालको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं:   अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ।भि।एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरुका लागि) र न्यूरो साइक्याट्रिक विशेषज्ञ सेवा शिविर सञ्चालन गरेको हो ।


शिविर अस्पताल परिसरमा हुने बताइएको छ । शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले बताएको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरुलाई एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिनेछ ।


प्रमुख केसीले शिविरमा सहभागीहरूले एक महिनासम्म फलोअप गर्दा कुनै शुल्क नलाग्ने बताउनुभयो । उहाँले शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने जानकारी दिनुभयो ।


असहाय, अशक्त र आर्थिक अभाव भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको हो । एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरबारे जानकारी गराउन रेडियो, टेलिभिजन, माइकिङ गर्ने काम भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो ।


अस्पतालले प्रत्येक दिन शिविरमा आएका एक सयसम्म बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको छ । उहाँले शिविरमा आएका बिरामीहरुलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि बतउनुभयो । आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भए पनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्न सक्नेछन् । प्रमुख केसीले शिविरमा सहभागीहरुले शिविर अवधिभर कुनै पनि किसिमको सेवामा शुल्क बुझाउनु नपर्ने पनि स्पष्ट पार्नुभयो ।


शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले बताएको छ । शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म पाँच दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै विषयमा गरी अस्पतालले दिनको तीन सयसम्म बिरामीको परीक्षण गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि पनि विभिन्न समयमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्